कोरोनाको दुई नयाँ मामिला सिक्किममा

गान्तोक: सिक्किम राज्यमा कोरोनाको दुई नयाँ मामिला फेला परेको राज्यको स्वास्थ्य एवम् परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा जानकारी गराइएको छ। उक्त रिपोर्ट अनुसार, दुई नयाँ मामिला राज्यको पाकिम जिल्लाबाट फेला परेको छ। मोठ 31 नमूनाको जाँच गर्दा उक्त दुई नयाँ मामिला फेला परेको हो, जसमध्ये पाकिम जिल्लाबाट 16 वटा नमूनाको जाँच गरिएको थियो। उक्त 2 नयाँ मामिला पछि अब सिक्किम राज्यमा कोरोनाको सक्रिय मामिला 7 पुगेको छ। राज्यमा केही दिनदेखि कोरोनाको नयाँ मामिला आंशिक रूपमा देखा परेपछि गत एकक हप्ताको अवधि कोरोनाको पोजिटिभिटी दर 1 प्रतिशत पुगेको छ। कोरोना शुरु भएदेखि हालसम्म सिक्किममा मोठ 44 हजार 336 जना संक्रमित भइसकेका छन् भने 43 हजार 45 जना कोरोनामुक्त भइसकेका छन्। यसको साथै कोरोना भाइरसले प्राण गुमाउनेहरूको संख्या हालसम्म 500 जना पुगिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *