कोरोनालाई ध्यानमा राखेर चुनाउ निर्देशिका जारी

सिलगढी : हाल कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ। यसैबीच आगामी 22 जनवरीमा नगरनिगम चुनाउ हुने भएको छ। यसैले कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै राजनैतिक पार्टी तथा प्रार्थीहरूको लागि राज्य चुनाउ कमिशनले केही महत्वपूर्ण निर्देशिका जारी गरेको छ।


ती निर्देशिकाहरू यस प्रकार छन्:-

  1. कुनै रोड शो अथवा पदयात्रा गर्न पाउने छैन।
  2. साइकल, बाइक तथा वाहन लिएर कुनै प्रकारको शोभायात्रा निकाल्न निषेध।
  3. एकैसाथ केवल 5 जनाले मात्र घर-घर गएर चुनाउ प्रचार गर्न सक्ने।
  4. पार्टीको सभाहरूमा केवल 500 जनाको उपस्थितिको अनुमति रहेको छ भने उक्त सभाहरू खुल्ला मैदान तथा ठाउँमा गर्नुपर्ने, जहाँ प्रवेश गर्ने अनि बाहिर निस्कने छुट्टै व्यवस्था गरिनुपर्ने।
  5. कन्फरेन्स हलमा सभा गरिएको खण्डमा 200 जना अथवा 50 प्रतिशत मानिसहरू बस्ने आसन भएको हलमा सभा गर्ने अनुमति।
  6. मतदान केन्द्रमा सबैले अनिवार्य रूपमा मास्क लगाएर आउनुपर्ने।
  7. मतदान गर्न आउने सबै मतदाताहरूको लागि मतदान केन्द्रमा सेनिटाइजर तथा थर्मल स्क्रिनिङको व्यवस्था गरिनुपर्ने।
  8. कोरोना संक्रमितहरूले चुनाउको दिन अन्तमा 1 घण्टाको अवधिमा मतदान गर्न सक्ने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *