सिलगढी: कोरोना भाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राखेर यस वर्ष पनि आज राम नवमीको दिन सिलगढी शहरमा कुनै प्रकारको धार्मिक शोभायात्राको आयोजना गरिएन। यसको साथै आज रामनवमीको दिन यहाँको मल्लागढीस्थित हनुमान मन्दिरमा भक्तजनहरूको अधिक भीड रहेको देखिए तापनि तिनीहरूलाई मन्दिरभित्र सोझै प्रवेश गर्नमा रोक लगाइयो। तथापि मन्दिर प्रबन्धन कमिटीको तर्फबाट भक्तहरूलाई पूजा अर्चना गर्नको लागि मन्दिर बाहिरबाट नै पूजा गर्ने व्यवस्था गरिएको थियो। आज पूजा गर्न आउने प्राय: सबैजसो भक्तजनहरूले मास्क लगाएर पूजा-अर्चना गरेको देखियो। यसैगरी, पूजा अवधि स्वयम् मन्दिरका पुजारीले पनि माक्स लगाएका थिए।