मङ्पु: रेसेप बजार कल्याण समितिको आयोजनमा आज मङपु रेसेप ग्राम पञ्चायत कार्यालय भवनमा कोरोना कालमा प्राण गुमाउने सङ्गठनका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै 108 वटा दीप प्रज्वलन गरेर हार्दिक श्रद्धाञ्जली अर्पण गरियो। रेसेप बजार कल्याण समितिका सभापति भुपेन राईले संगठनका सदस्यहरु कोरोना कालमा मृत्यु भएकोले कतिजना मानिसहरुको अन्त्येष्टि कार्य समेत गर्न नपाएको कारण नै आज बौद्ध धर्म गुरुहरूद्वारा पुजा-पाठ गरेर तिनीहरूको आत्माशान्तिको निम्ति 108 वटा दीप प्रज्वलन गरिएको बताए।

कोरोना संक्रमण भएर प्राण गुमाउने रेसेप बजार कल्याण समितिका 6 जना सद्स्यहरू क्रमैले भीमबहादुर छेत्री, मोती जैन, जसकरण जैन, छत्रसिंह जैन, लक्ष्मीदेवी जैन र शशीकला मोक्तानको आत्मा शान्तिको कामना गर्दै आज मौन धारण गरेर 108 वटा दीप प्रज्वलन गरियो।
