कोरोना महामारीले गणेश पुजामा प्रभाव, मूर्तिकारहरू चिन्तामा

सिलगढी : भोलि गणेश चतुर्थी। यसैले सिलगढीको कुमारटोलीका मूर्तिकारहरू भगवान गणेशको मूर्ति बनाउनमा व्यस्त छन्। प्रत्येक वर्ष सिलगढी सहरमा गणेश चतुर्थी बडो धुमधामको साथमा पालन गरे तापनि यस वर्ष बढ्दो कोरोना महामारीको कारण गणेश पुजा साधारण रूपमा पालन गरिने भएकोले कुमारटोलीका मूर्तिकारहरूलाई यसले निक्कै प्रभाव पारेको छ। यसको साथै केही ठाउँहरूमा कोरोना महामारीको कारण गणेश पुजाको आयोजना नगरिने भएकोले ठुल्ठुला मूर्तिहरू निर्माण नगरेर तिनीहरूले भगवान गणेशको स-साना मूर्तिहरू बनाएका छन्। यसबाहेक गणेश चतुर्थीको ठीक दुई दिन अघि 20 र 21 अगस्तमा पूर्ण लकडाउन रहेकोले मूर्तिकारहरू अझ समस्यामा परेका छन्। यदि यी दुई दिन लकडाउन नभएको भए तिनीहरूले बनाएर राखेको केही मूर्तिहरू बिक्री हुनसक्ने थियो भन्ने तिनीहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet