कोरोना पोजेटिभ भेट्टाएपछि सिविटार चियाकमानको 12 नम्बर गाउँमा सेनिटाइज

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको 12 नम्बर गाउँमा एकजना कोरोना पोजिटिभ भेट्टाइएपछि उक्त क्षेत्रमा आज सेनिटाइज गरियो। गोजमुमो सिविटार बुथ कमिटीको पहलमा, सर्भिलेन्स टीम र चियाबारी प्रबन्धन पक्ष र गाउँ समाजद्वारा गाउँ वरिपरि सेनिटाइज गरियो।  यस सेनिटाइज कार्य विषयमा बोल्दै डीटीडीपीएलयुको खरसाङ महकुमा समितिका उप सभापति जनक छेत्रीले हिज यहाँ एकजनाको रिपोर्ट पोजिटिभ आएपछि गाउँमा सेनिटाइज गरिएको बताए। तिनले सबैलाई सचेत र सुरक्षित रहने आह्वान पनि गरे। 


उक्त सेनिटाइज कार्यमा गोजमुमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव उत्तम छेत्री, सिविटार बुथ कमिटीका कार्यकारी सभापति कुसाङ लामा, सह सचिव हेमराज छेत्री, 12 नम्बर सब कमिटीको संयोजक नवराज छेत्री, सिविटार चियाबारीबाट बगान बाबु जनक छेत्री लगायत सर्भिलेन्स टीम, आशाकर्मी र स्थानीय मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom