कोरोना संक्रमण रोक्न सुके बजारमा सेनिटाइज

सुकेपोखरी: कोभिड-19 को बढ़दो संक्रमणलाई ध्यानमा राखेर आज सुके बजारमा सेनिटाइज गरियो। गत 22 अप्रेलको दिन जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यालयको तत्वावधानमा स्वास्थ्य विभाग, प्रशासन तथा सम्पूर्ण सङ्घ संस्थालाई लिएर एउटा महत्वपूर्ण सभा आयोजना गरिएको थियो भने उक्त सभामा लिइएको निर्णय अनुसार नै आज सुके बजारमा सेनिटाइज गरिएको बताइएको छ । यस कार्यक्रममा सुकेपोखरी व्यापारी सङ्गठन, युवक सङ्घ लगायत अन्य सङ्घ संस्थाका प्रतिनिधिगण,विभिन्न विभागीय कर्मचारीहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *