कोरोना संक्रमितको मृत्यु भएपछि सिलगढीमा नर्सिङ होमले लाखौँ रुपियाँको बील किस्तीमा तिर्ने निर्देश दिएको परिवार पक्षको आरोप

सिलगढी: कोरोना संक्रमितहरूको उपचारको लागि अधिक रुपियाँ लिइने गरेको सिलगढीको विभिन्न नर्सिङ होमविरुद्ध अभियोग उठिरहेको छ। आज फेरि यस्तै प्रकारको अभियोग सिलगढीको हाकिमपाडास्थित एउटा नर्सिङ होमविरुद्ध उठेको छ। एकैपल्टमा रुपियाँ दिन नसकेको खण्डमा किस्तीमा रुपियाँ दिइने उक्त नर्सिङ होमले परिवार पक्षसमक्ष प्रस्ताव राखेको बताइएको छ। प्राप्त जानकारीअनुसार कोरोना संक्रमित भएर गत 6 मईको दिन सिलगढीको सुभाषपल्ली निवासी एकजना व्यक्तिलाई उक्त नर्सिङ होममा भर्ना गरिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि परिवारका सदस्यहरूले तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गर्ने निर्णय लिएका थिए। तर यसभन्दा अगावै आज बिहान उक्त व्यक्तिको मृत्यु भएकोबारे नर्सिङ होम कर्तृपक्षले परिवारका सदस्यहरूलाई जनाए। नर्सिङ होम कर्तृपक्षले तिनको उपचारको बील 8 लाख भन्दा अधिक रहेको बताए। मृतकको परिवारका सदस्यहरूले नर्सिङ होममा अगावै 1 लाख 10 हजार रुपियाँ जम्मा गरिसकेका थिए भने मेडिक्लेमको 2 लाख 3 हजार रुपियाँ पनि नर्सिङ होमले पाइसकेको थियो। अब रहल रुपियाँ दिन परिवारका सदस्यहरू असमर्थ रहेपछि नर्सिङ होम कर्तृपक्षले किस्तीमा रहल रुपियाँ तिर्ने परामर्श दिएको तिनीहरूको आरोप रहेको छ। मृतक व्यक्तिको स्वास्नी पनि गत मई महिनामा कोरोना संक्रमित भएर उक्त नर्सिङ होममा भर्ना भएपछि उपचार अवधि मृत्यु भएको थियो। तिनको उपचारमा पनि लाखौँ रुपियाँ बील भएको पीडित परिवारका सदस्यहरूको आरोप रहेको छ। यस विषयमा नर्सिङ होम कर्तृपक्षसित जान्न चाहे तापनि सो हुन नसकेको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş