कोरोनेसन ब्रिज ब्लास्ट मामिला: लाइन प्रोड्युसर पक्राउ, सेभोक ओसीलाई गरियो सरूवा

सिलगढी : सेभोक कोरोनेसन ब्रिज (बाघपुल)-मा हिजो गरिएको वेब सीरिजको सुटिङ अवधि पुल नजिक भयानक ट्रक विस्फोटको छाँयाङ्कन गरेको घटनालाई लिएर लाइन प्रोड्युसर चैताली बन्दोपाध्यायलाई पक्राउ गरिएको छ। यसको साथै सेभोक आउटपोस्ट पुलिस थानाका ओसीलाई पनि सरूवा (ट्रान्सफर) गरिएको बताइएको छ। घटनाक्रमअनुसार हिजो बिहान पुलिसको अनुमति बिनै सेभोक कोरोनेसन ब्रिजमा एउटा वेब सीरिजको सुटिङ गरिएको बताइएको छ। यस अवधि चर्को आवाजसँगै एउटा ट्रकमा भयानक विस्फोट साथै आगो लगाइएको दृश्य छाँयाङ्कन गरिएको थियो। कालेबुङ जिल्ला पुलिस अधीक्षक अपराजिता राईले बताएअनुसार उक्त घटनालाई लिएर जाँच शुरू गरेपछि गत राति नै वेब सीरिजका लाइन प्रोड्युसर चैताली बन्दोपाध्यायलाई पक्राउ गरेर तिनीविरुद्ध मामिला दर्ता गरिएको छ। अर्कोतिर, दार्जिलिङ जिल्ला पुलिसले सेभोक आउटपोस्ट पुलिस थानाका ओसीलाई त्यहाँबाट हटाएर अन्य ठाउँ सरूवा (ट्रान्सफर) गरिएको पुलिस सूत्रले जनाएको छ। उक्त वेब सीरिजको सुटिङ अवधि सेभोक आउटपोस्ट थानाका पुलिस कर्मीहरू घटनास्थलमा उपस्थित रहेको सूत्रमार्फत् थाहा लागेको छ। पक्रा परेकी लाइन प्रोड्युसर चैतालीलाई आज कालेबुङ जिल्ला आदालतमा पेश गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *