कोराना भाइरसबारे सिलगढ़ी जिल्ला अस्पतालमा टीभीमार्फत जागरूकता

सिलगढ़ी : सिलगढ़ी जिल्ला अस्पतालमा रोगहरूलाई रोकथाम गर्नको लागि एउटा नयाँ पहल शुरू गरिएको छ। हाल नोबेल करोना भाइरसलाई लिएर सम्पूर्ण देशसहित सिलगढ़ीका मानिसहरूमा पनि भयको माहौल उत्पन्न भएको छ। यसको साथै अन्य केही रोग तथा भाइरसले कसरी एकार्कालाई सङ्क्रमण गर्दछ भन्नेबारे मानिसहरूलाई जागरूक गराउनको लागि सिलगढ़ी जिल्ला अस्पतालमा इमरजेन्सी गेटकै सामु एउटा टीभी लगाइएको छ। उक्त टीभीको माध्यमले अस्पतालमा आउने-जाने मानिसहरूलाई यसबारे जानकारी दिनको साथै यसबाट बाँच्ने उपायहरूबारे जागरूक गराइरहेको छ।   नोबेल कोरोना भाइरसलाई लिएर मानिसहरूबीचमा फैलिरहेको भयलाई ध्यानमा राखेर सिलगढ़ी जिल्ला अस्पतालमा यस प्रकारको पहल गर्नको साथै टीभी लगाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELgrandpashabet giriş