कोभिड को-अर्डिनेशन कमिटी तीनधारेद्वारा भ्याक्सिन शिविर

खरसाङ: कोभिड को-अर्डिनेशन कमिटी तीनधारेको आयोजनामा यहाँको महात्मा गाँधी हलमा भ्याक्सिन शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 232 जनाले कोरोनाको भ्याक्सिनको पहिलो खोप लगाए। कोभिड को-अर्डिनेशन कमिटी तीनधारेद्वारा विगत 3 जुलाईमा पनि यहाँ नै शिविरको आयोजना गरेको थियो भने आज पनि स्वास्थ्य विभागसित मिलेर शिविर आयोजना गरेर अस्ति छोडिएकाहरू, 12 वर्षसम्मका नानीको आमाहरू, गर्भवती महिलाहरू, क्षय रोगका रोगीहरू लगायत 45 वर्षमाथिका मानिसहरूलाई भ्याक्सिनको पहिलो खोप लगाइएको बताइएको छ । यस शिविरमा भ्याक्सिन लगाउने एएनएमहरू क्रमैले प्रतिभा दर्नाल, सबिता दास, संगीता राई अनि सीडीईओ दिपङ्कर छेत्री र सोमराज आचार्य लगायत तीनधारेको विभिन्न गाउँहरूका आशाकर्मीहरू उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *