सीपीएम-द्वारा बालासन घटनाका पीडितहरूलाई क्षतिपूर्तिको माग

सिलगढी : मतिगढाको बालासन नदीमा बालुवा धस्केर 3 जना किशोरको मृत्यु भएको थियो भने अन्य एकजना किशोर घाइते भएका थिए। उक्त घटनापछि नेशनल ग्रीन ट्रिब्युनलमा मामिला दर्ता गरेपछि मृतकहरूलाई 20 लाख रुपियाँ र घाइतेलाई 5 लाख रुपियाँ क्षतिपूर्ति दिने आदेश दिएको थियो। तर उक्त घटनाको 2 महीना बितिसक्दा पनि हालसम्म पीडित परिवारले क्षतिपूर्ति पाएका छैनन। यसलाई लिएर सीपीएम नेता अशोक भट्टाचार्यले आवाज उठाएका छन्। जिल्ला सीपीएम-ले पीडित परिवारलाई तत्कालै क्षतिपूर्ति प्रदान गरिनुपर्ने माग गर्दै गत 6 मईमा जिल्लाशासकलाई पत्राचार गरेको थियो। अदालतको आदेशलाई अवहेलना गरेर क्षतिपूर्ति नदिएकोमा सीपीएम नेता अशोक भट्टाचार्यले प्रश्न चिन्ह खडा गरेका छन्। यस विषयलाई लिएर आज सीपीएम-द्वारा एउटा पत्रकार सम्मेलनको आयोजना गरियो। पत्रकारहरूलाई सम्बोधन गर्दै अशोक भट्टाचार्यले भने,  मृतक तथा घाइतेको परिवारका सदस्यहरूलाई चाँडै क्षतिपूर्ति प्रदान गरियोस्। यसो नभएको खण्डमा कानुनको ढोका खटखटाउने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *