सिलगढी : दवाई दोकानको आडमा नशालु ट्याबलेटको व्यवसाय चलाइरहेको थियो। भक्ति नगर पुलिसले गत राति अभियान चलाएर उक्त दोकानबाट अधिक मात्रामा नशालु ट्याबलेट उद्धार गरेको छ भने घटनामा दोकान मालिक चञ्चल तिवारीलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 43 नम्बर वार्ड अन्तर्गत लिम्बू बस्ती प्रकाश नगर इलाकास्थित कमला मेडिकल हलका मालिक चञ्चल तिवारीले दवाई दोकानको आडमा नशालु ट्याबलेटको धन्दा चलाइरहेको खबर पाउनसाथ भक्ति नगर थाना पुलिस गत राति क्रेता बनेर उक्त दवाई दोकानमा पुगेर नशालु ट्याबलेटको व्यवसायको पर्दाफाश गर्यो। पुलिसले कमला मेडिकल हलबाट तीनवटा भिन्ना-भिन्नै प्रकारको 7,440 पीस नशालु ट्याबलेट उद्धार गरेको छ। यसपछि पुलिसले दवाई दोकानको आडमा नशालु ट्याबलेट किन-बेच गरेको आरोपमा कमला मेडिकल हलका मालिक चञ्चल तिवारीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।