सिलगढी (निसं): सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्तिनगर थाना पुलिसले दादागिरी देखाएको आरोपमा 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा राहुल तामाङ उर्फ पेम्बा र अर्जित बारूई सामेल छन्। आरोपअनुसार गत 14 अगस्तमा एनजेपी इलाकामा नवारून दे-को स्वास्नीसित पेम्बा र तिनका गुटका सदस्यहरूले हातापाई गरेको थियो।
उक्त घटनाको एक दिनपछि शास्त्री नगर तिरङ्गा मोड नजिक नवारून दे-माथि तिनीहरूले प्राणघातक हमला गर्दा नवारून गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटनापछि पेम्बा र तिनको गुटका सदस्यविरुद्ध थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोग दर्ता गरेपछि पेम्बा र तिनका गुटका सदस्यहरूले सुइँकुच्चा ठोकेको थियो। अन्ततः एसओजी र भक्ति नगर थाना पुलिसले गत राति सालुगढा बजारबाट पेम्बा र अर्जित बारूईलाई पक्राउ गरेको बताइएको छ।
