दादागिरी देखाएर ट्याक्स लिएको आरोपमा राजनीतिक पार्टीका 4 जना नेता पक्राउ

सिलगढी : दादागिरी देखाएर ट्याक्स लिएको आरोपमा मतिगढा थाना पुलिसले एउटा राजनीतिक पार्टीको चारजना नेतालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सौरभ सरकार, गौरव बनिक, बबलु बर्मन र कृष्णा पोदार सामेल छन्। यी चारजनालाई पुलिसले गत राति शिव मन्दिर इलाकाबाट पक्राउ गरेको हो। प्राप्त जानकारी अनुसार केही दिन अघि मतिगढाका एकजना व्यवसायी अनुपम सोनारलाई तथाकथित एउटा राजनीतिक पार्टीका चारजना नेताले 21 जुलाईको कार्यक्रमको लागि दादागिरी देखाउँदै ट्याक्सको रूपमा 6 लाख रुपियाँको माग गरेको आरोप रहेको छ। यसपछि यी चारजनाले उक्त व्यवसायीसित शिवमन्दिरको एउटा रेस्टोरेन्टमा बैठक गरेर अढाई लाख रुपियाँ तय गर्यो। उक्त व्यवसायीले गत 13 जुलाईमा तिनीहरूलाई दादागिरी ट्याक्सको रूपमा 1 लाख रुपियाँ दिएको बताइएको छ। यसपछि यी 4 जना नेताले पुजा अगावै पहिला डेढ लाख रुपियाँ दिनुपर्ने भन्दै व्यवसायीमाथि दवाउ दिनको साथै धम्की समेत दिन थालेको आरोप रहेको छ। उक्त व्यवसायीले गत 21 जुलाईमा मतिगढा थानामा ती 4 जना विरुद्ध लिखित अभियोग दर्ता गरेपछि पुलिस अभियोगको आधारमा गत राति शिव मन्दिर इलाकाबाट तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş