दाजुले गाली गरेपछि महानन्दा नदीमा हाम फालेर भाइद्वारा आत्महत्या

फाँसीदेवा : महानन्दा नदीमा हाम फालेर एकजना किशोरले आत्महत्या गरेको छ। उक्त घटना फाँसीदेवा ब्लकको विधाननगर रामकृष्णपल्ली इलाकामा घटेको हो। मृतक किशोर 17 वर्षीय रूपम रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति रूपम राय घर ढिलो आएपछि दाजुले गाली गर्दा तिनी घरबाट निस्केर गए। यसपछि परिवारका सदस्यहरूले तिनको खोजी गर्दा महानन्दा नदी अघि तिनको मोबाइल र जुत्ता भेट्टाए। घटनाबारे पुलिसलाई खबर दिएपछि विधाननगर थाना पुलिस घटनास्थलमा पुगेका थिए। आज बिहानैदेखि डिजास्टर म्यानेजमेन्ट तथ पुलिसले संयुक्त रूपमा नदीमा खोजी शुरू गरेपछि उक्त किशोरको मृतदेह उद्धार गरेको बताइएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *