डकैतीको योजनालाई विफल पार्दै सिलगढी देवीडांगाबाट 5 जना डकैत धारिला हतियारहरू सहित पक्राउ

सिलगढी (निसं): एउटा स्कूलमा डकैतीको योजना बनाइरहेको समय सिलगढी प्रधाननगर थाना पुलिसले 5 जना बदमाशहरूलाई धारिलो हतियार सहित पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मन्जीत उरांव (26), सञ्जय भगत (34), इन्द्रजीत गोसाई (27), बिजय राय (28), र सुभाष सिंह (27) सामेल छन्। यी सबै प्रधाननगर थाना अन्तर्गत इलाका निवासी बताइएको छ।  


प्राप्त जानकारी अनुसार डकैती गर्नको लागि सिलगढीको देवीडांगास्थित एउटा स्कूल मैदानमा 10-12 जना पुराना अपराधीहरू भेला भएका थिए। यसबारे गोप्य सुइँको थाहा पाएपछि पुलिसले अभियान चलाएर घटना स्थलबाट 5 जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। तथापि, पुलिस आएको थाहा पाएर केही बदमाशहरू रातको फाइदा उठाएर घटना स्थलबाट चम्पट कसेको बताइएको छ। पुलिसले आज पक्रा पर्ने पाँचै जना आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom