खोरीबारी : डाक पार्सलको वाहनमा भैँसी तस्करी गर्ने उद्देश्यले लगिरहेको समय पुलिसले 12 वटा भैँसी सहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मोहम्मद ईकबाल (59) र मोहम्मद आरिफ (42) सामेल छन्। प्राप्त जानकारी अनुसार खोरीबारीको बङ्गाल बिहार सिमानाको चक्करमारी चेकिङ पोइन्टमा नाका चेकिङ अवधि खोरीबारी थाना पुलिसले 12 वटा भैँसी सहित 2 जना तस्करलाई पक्राउ गरेको बताइएको छ। डाक पार्सलको वाहनमा बिहारबाट असममा तस्करी गर्ने उद्देश्यले उक्त भैँसी लगिरहेको थियो। पक्रा परेका 2 जना तस्करलाई आज सिलगढी अदालतमा पेश गरियो।
