दार्जिलिङ : परम पावन दलाई लामालाई नोबेल शान्ति पुरस्कारले सम्मानित गरेको 34औँ वर्षगाँठको अवसरमा आज दार्जिलिङको चौरस्तामा एउटा कार्यक्रमको आयोजना गरियो। दार्जिलिङ टिबेटन वेलफेयर सोसाइटीको कार्यालय र दार्जिलिङ क्षेत्रका तिब्बती समुदायले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीए अध्यक्ष अनित थापा, जीटीएका प्रमुख सल्लाहकार अमर लामा र नवगठित समाज, इन्डो-तिब्बत मित्रता समाजका अध्यक्ष लामा डुक्पा उपस्थिति थिए। यस अवसरमा अनित थापाले दलाई लामाको तस्विरमा खदा अर्पण गर्दै तिनलाई शुभकामना व्यक्त गरे। दलाई लामाको सुझाउ अनुसार ‘अहिंसा’-को बाटोमा हिँड्ने बलियो सन्देश सहित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको आयोजक समितिका सदस्य जीटी भोटियाले जानकारी दिएका छन्।