दलगाउँका मानिसहरू अझसम्म बुनियाँदी सुविधादेखि वञ्चित

जलढाका: जीटीए क्षेत्र अन्तर्गत कालेबुङ जिल्लाको 45 नम्बर समष्टिमा पर्ने दलगाउँ एउटा रमणीय स्थलहरू मध्ये एक हो तर यहाँ अझै पनि धेरै मानिसहरू विविध बुनियाँदी सुविधादेखि बञ्चित रहेका छन्। विशेष दलगाउँ ट्यान्की डाँडामा अझै पनि गाडी कुदने पक्का रोड बन्न सकेको छैन। लगभग 60 घर रहेको ट्यान्की डाँडा गाउँमा अझै पनि बिरामीहरूलाई अस्पताल लैजान तथा घर ल्याउनलाई धेरै असुविधा रहेको गाउँलेहरूको गुनासो रहेको छ । भोटको बजारमा सबै नेताहरूले सडक बनाइदिने वचन दिए तापनि भोट सकेपछि कसैले चासो नराखेको गाउँलेहरूको भनाई रहेको छ। जीटीएको चेयरमेन पदमा अनित थापा छँदा यस रोडको समस्या बारे तिनलाई धेरैपल्ट अवगत गराएको साथै अनित थापा स्वयंमले पनि सडक निर्माणको कार्य झट्टै शुरू गरिदिने वचन र आश्वासन पनि दिएको थियो तर अझसम्म काम शुरू हुन नसकेको गाउँलेहरूको दुःखेसो रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *