दार्जिलिङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाको विशेष पहलमा साथै दार्जिलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी, 17 नम्बर वार्ड पार्षद नितेश गुरुङको अथक प्रयासमा दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 17 अन्तर्गत अमर ज्योति ग्रामको डम्पिङ जोन छाला गोदाम नजिक सारिने भएको छ। आगमी 27 नोभेम्बर जीटीए मुख्य कार्यपाल अनित थापाको विशेष उपस्थितिमा नयाँ डम्पिङ जोनको विधिवत शिलान्यास कार्यक्रम गरिने थाहा लागेको छ।
वार्डवासीको बर्षौंदेखिको डम्पिङ जोन सारिनु पर्ने चाहना अब पूरा हुने स्थानीय मानिसहरूको भनाई रहेको छ। यसले गर्दा 17 नम्बर वार्डवासीमा खुशीको लहर छाएको छ। उक्त शिलान्यास कार्यक्रम अनि जीटीए मुख्य कार्यपाल अनित थापालाई स्वागत जनाउन आजदेखि नै 17 नम्बर वार्डमा भागोप्रमो-को दलील झण्डा लगाउने कार्य सुरू गरेको छ।