दार्जिलिङ फ्री सोसाइटीको स्थापना दिवस पालन, ‘डल्ले खोर्सानी र यसको इन्साइक्लोपेडिया’-को लोकार्पण

खरसाङ : खरसाङमा दार्जिलिङ फ्री सोसाइटीको पहिलो स्थापना दिवस आज पालन गरियो। समाज सेवक टीटी लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको बाहुलीबाट दीप प्रज्वलन गरियो। यसपछि समारोहमा दार्जिलिङ फ्री सोसाइटीको विषयमा र यसबारे विस्तृत रूपमा संस्थापक एवम् निर्देशिका स्वास्तिका गुरुङले जानकारी गराइन्। तिनले सोसाइटीको उद्देश्य र यसको कार्यहरू विषयमा पनि बताइन् । कार्यक्रममा स्वास्तिका गुरुङ र जीटीए बागवानी विभागका बैज्ञानिक अनुसन्धानकर्ता महादेव छेत्रीद्वारा लिखित पुस्तक डल्ले खोर्सानी र यसको इन्साइक्लोपेडियानामक पुस्तकको पनि लोकार्पण गरियो।


उक्त पुस्तक विषयमा महादेव छेत्रीले पहाड़मा दार्जीलिङ र कालेबुङमा डल्ले खोर्सानीको खेती विषयमा अनुसन्धानात्मक रुपमा सर्वे गरिएको र डल्ले खोर्सानीको खेती अलैंचीदेखि दोस्रोमा आउने पनि बताएका छन्। कार्यक्रममा सोसाइटीले अहिलेसम्म कस्तो प्रकारले कार्य गरिरहेको छ र यसको सामाजिक कार्यहरू विषयमा राजेन तामाङले विस्तृत विवरण दिए। तिनले भने, हामी गरीबी हटाउन चाहान्छौं र यसको लागि काम गरिरहेको बताउँदै गाउँ क्षेत्रहरूमा स्वनिर्भर दलद्वारा उत्पादन गरिएको सामानहरू हामी अन्तर्राष्ट्रीय बजारमा लैजानलाई पनि सहयोग गर्छौं। आजको पहिलो स्थापना दिवस समारोहमा दार्जिलिङ फ्री सोसाइटीको वेबसाइट पनि लञ्च गरियो। यस अवसरमा सोसाइटीसित मिलेर कार्यरत् अन्य विभिन्न सोसाइटीहरू तथा सङ्घ-संस्थानहरूलाई पनि सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *