दार्जिलिङ हिल युनिभर्सिटी शुरू भएकोमा मुख्यमन्त्री लगायत अन्यलाई जीटीए हेडमास्टर्स एशोसिएसन, मङपु जोन-द्वारा धन्यवाद

मङुप : दार्जिलिङ हिल युनिभर्सिटी सञ्चालन शुरू भएकोमा खुशी व्यक्त गर्दै जीटीए हेडमास्टर्स एशोसिएसन, मङपु जोनको तर्फबाट मुख्यमन्त्री ममता ब्यानर्जी, पूर्व विधायक अमरसिंह राई, पूर्व जीटीए अध्यक्ष तथा भागोप्रमो अध्यक्ष अनित थापालाई धन्यवाद दिएको छ। यस विषयमा संगठनको तर्फबाट सरस्वती उच्चत्तर माध्यमिक विद्यालयका प्रधान शिक्षिका चन्द्रकला राईले आज पत्रकारहरूलाई सम्बोधन गर्दै दार्जिलिङ हिल युनिभर्सिटी पहाड़को निम्ति ठुलो उपलब्धि रहेको बताउँदै धन्यवाद दिइन्। यसबाहेक उक्त युनिभर्सिटीलाई अघि बढाउनको निम्ति विद्यार्थीहरूलाई भर्ना लिएर यहीँ पठन-पाठन गर्ने तिनले आह्वान गरेकी छन्। अर्कोतिर, संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन मङपु जोनले पनि दार्जिलिङ हिल युनिभर्सिटी सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री ममता ब्यानर्जी, पूर्व विधायक अमरसिंह राई, पूर्व जीटीए अध्यक्ष तथा भागोप्रमो अध्यक्ष अनित थापालाई धन्यवाद दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *