दार्जिलिङ: दार्जिलिङ नगरपालिका वार्ड नम्बर 26 इडेनबाट हाम्रो पार्टी-मा 26 परिवारले समर्थन जनाए। दार्जिलिङस्थित पार्टी कार्यालयमा नै आएर आज हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सलाई भेटेर पार्टीको भिजन अनि तिनले गरेका सामजिक कार्यहरूको प्रशंसा तथा सराहना गर्दै इडेन निवासीहरुले पार्टी-लाई समर्थन जनाए। यसको साथै हाम्रो पार्टीलाई अबदेखि सह्दय स्वीकार गरेर अजय एडवार्डको हात अझ बलियो बनाउने वचन दिए।
