दार्जिलिङ जिल्ला सीपीआईएम-द्वारा सिलगढीमा धिक्कार र्‍याली

सिलगढी : कोलकातामा आन्दोलनरत महिलाहरूमाथि पुलिसद्वारा गरिएको हमलाको प्रतिवाद जनाउँदै आज दार्जिलिङ जिल्ला सीपीआईएमको तर्फबाट सिलगढीमा धिक्कार र्‍यालीको आयोजना गर्यो। दार्जिलिङ जिल्ला सीपीआईएमको तर्फबाट आज सिलगढीको हिलकार्ड रोडस्थित पार्टी कार्यालयबाट एउटा धिक्कार र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। यस अवसरमा वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य, जीवेश सरकार लगायत दलका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *