दार्जिलिङ जिल्लाको केही इलाकाहरू कन्टेन्टमेन्ट र बफर जोनमा सामेल

सिलगढी : लकडाउनलाई राहत दिएपछि दार्जिलिङ जिल्लाको पहाड तथा समतल क्षेत्रहरूमा कोरोना संक्रमितहरूको संख्या दिनहुँ बढ्दै गएर भयावह परिस्थिति देखापर्न थालेको छ। यसैले राज्यको मुख्य सचिवको निर्देशअनुसार प्रशासनिक अधिकारीहरूलाई साथमा लिएर शुक्रबार सिलगढीस्थित गेस्ट हाउसमा दार्जिलिङका जिल्लापालले कोरोना वर्तमान परिस्थितिलाई लिएर एउटा महत्वपूर्ण बैठक गरे।


बैठक अवधि विशेष गरेर दार्जिलिङ जिल्लाको केही क्षेत्रहरूलाई नयाँ प्रकारले फेरि कन्टेन्टमेन्ट जोन तथा बफर जोनको रूपमा चिन्हित गरिइएको घोषणा गरे। यसलाई लिएर प्रशासनिक अधिकारीले एउटा लिखित विज्ञप्ति जारी गरेर कुन-कुन इलाकालाई कन्टेन्टमेन्ट जोन अनि बफर जोनको रूपमा घोषित गरिएको छ भन्ने कुरोको जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş