दार्जिलिङका कांग्रेस नेता लरेन्ट पीटी लामाको निधन

दार्जिलिङ : कांग्रेसका वरिष्ठ नेता लरेन्स पीटी लामाको गत राति निधन भएपछि दार्जिलिङ हिल कांग्रेस नेतृत्वगण तथा पार्टी समर्थकहरूमा शोकको लहर छाएको छ। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार 63 वर्षीय लरेन्स पीटी लामा गत केही वर्ष अघिदेखि विभिन्न रोगले ग्रसित थिए। तिनलाई केही दिन अघि सिलगढी एउटा नर्सिङ होममा भर्ना गरिएको थियो। यसै क्रममा हिजो राति लगभग 10 बजेर 20 मिनटमा उपचार चलिरहेको अवस्थामा नै तिनको निधन भयो। दार्जिलिङको ज्योति ग्राम निवासी लरेन्स पीटी लामा सन् 1982 देखि नै कांग्रेस पार्टीमा सामेल भएर यसको नेतृत्व गर्दै आइरहेका थिए। तिनको निधनमा दार्जिलिङका विभिन्न राजनैतिक संगठनका नेतृत्वहरूले शोक व्यक्त गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO