दार्जिलिङका सांसद विष्टको बयानलाई लिएर डीटीडीपीएलयु-द्वारा विरोध

खरसाङ : भाजपा सांसद राजु विष्टले मिडियामा जीटीए सञ्चालन गर्नेहरू हिज-अस्तीसम्म हवाई चप्पल लगाउने गर्थे भन्ने बयानको गोजमुमोको भातृ संगठन डीटीडीपीएलयु-ले घोर विरोध जनाएको छ। डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिका प्रचार प्रसार सचिव सन्तोष तामाङले सांसद राजु विष्टको बयानको खण्डन गर्दै सासंदले जीटीए चलाउनेहरू हवाई चप्पल लगाउने भन्ने बयान दिएर गोर्खाहरूमाथि घृणापन देखाएको छ र यो बयान राजु विष्टले झट्टै फिर्ता लिनुपर्छ भनी बताए। डीटीडीपीएलयु-को पक्षबाट खरसाङ महकुमा समितिका प्रचार प्रसार सचिव सन्तोष तामाङले सांसद राजु विष्टलाई गोर्खाल्याण्डको लागि भनेर जनताले लाखौँ भोट दिएर जिताएर पठाएको हो, तर सांसदले गोर्खाल्याण्डको लागि होइन उल्टै गोर्खाको नै अपमान गरेको बताए। सांसद राजु विष्टले दार्जिलिङमा महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्ड ल्याउँछु भनेका थिए। तर अहिले गोर्खा भएर आफ्नै गोर्खाहरूमाथि नै अपमानजनक टिप्पणी गर्नु राम्रो होइन भनी तिनले बताए। सांसद विष्टले हामी गोर्खाहरूलाई केवल हवाई चप्पल लगाउने मात्र देख्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै तामाङले सांसदको उक्त बयानको खण्डन गर्नको साथै सांसद विष्टले उक्त बयान झट्टै फिर्ता लिनुपर्ने पहाड़का सम्पूर्ण श्रमिकहरू तथा डीटीडीपीएलयु-को तर्फबाट माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş