दार्जिलिङको बडापताबोङमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामूलक कार्यक्रम

सुकेपोखरी: गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतना मूलक कार्यक्रम दार्जिलिङको बडापताबोङमा सम्पन्न भयो। रोहिता राईको अध्यक्षतामा सम्पन्न गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतना मूलक कार्यक्रमलाई मीना गुरुङ राईले सञ्चालन गरेकी थिइन्।  सुनिता राईको तत्परतामा बडापताबोङ लिम्बु गाउँमा सम्पन्न कार्यक्रममा  सिङताम सुभाष ग्रामका संयोजक प्रमोद लामाले गोर्खा च्यारिटेबल हस्पिटल आवश्यकता र औचित्यबारे उपस्थित सबैलाई अवगत गराए। साङ्गठनिक समितिका सचिव सुरेन प्रधानले च्यारिटेबल हस्पिटलको निर्माण अति आवश्यक रहेको बताउँदै यसको लागि सबैको सहयोग, सहभागिता र आशीर्वादको खाँचो रहेको बताए। कार्यक्रममा भानु शर्मा, प्रमोद राई, करुणा राई, सन्ध्या राई, सुनिता राईउपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet