दार्जिलिङ: दार्जिलिङ पहाडको विभिन्न क्षेत्रका पैह्रो पीडितहरूसित हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भेट गरे। गत केही दिन अघि दार्जिलिङको बडा पताबुङमा पैह्रोले गर्दा एकजना व्यक्तिको मृत्यु भएको थियो भने पैह्रोले घर समेत सोह्रोरेर लगेको थियो। अजय एडवाडर्सले मृतक परिवार लगायत पैह्रो पीडित परिवारहरूसित भेट गरेर कुराकानी गरे। दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 29 अन्तर्गत रमिते गाउँ, माउन्ट हर्मनमा पनि पैह्रो जाँदा घर र बाटो क्षतिग्रस्त बनेको छ।
यसैगरी, यहाँको हेप्पी भ्याली चियाकमानको सिरूबारी गाउँमा पैह्रो गएकोले बाटो पूर्ण रूपमा क्षति ग्रस्त बनेको छ। मेरीबुङमा पनि पैह्रोले गर्दा बाटो पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स लगायत पार्टीका केन्द्रीय नेतृत्वहरूले आज पोह्रोग्रस्त क्षेत्रहरू परिभ्रमण गर्नको साथै त्यहाँका मानिसहरूसित कुराकानी गरे। स्मरण रहोस्, गत केही दिनदेखि लगातार परिरहेको पानीले गर्दा पहाडको विभिन्न ठाउँहरूमा पैह्रो जानको साथै ज्यान मालको समेत क्षति भएको थियो।