दार्जिलिङको चौरास्ता माल रोड परिसरमा आजदेखि फर्किए 106 जना हकर्स

दार्जिलिङ (निसं): दार्जिलिङको चौरास्ता माल रोड परिसरमा नै आजदेखि 106 जना हकर्स सदस्यहरु आ-आफ्नो पुरानो ठाउँमा पुनः फर्किएका छन्। दार्जिलिङ चौरास्ता माल रोड परिसरमा चलिरहेको न्यू महाकाल मार्केट 106 हकर्स सदस्यहरुको पसल निर्माण कार्यलाई लिएर दार्जिलिङका विभिन्न गैरसरकारी संस्था लगायत वरिपरिका 18 वटा संघ-संस्थाहरुले कडा विरोध आवाज उठेका छन्। उक्त विवादित निर्माण कार्यस्थललाई लिएर हालसम्म अदालतमा मुद्दा चलिरहेको तर यसको कुनै अन्तिम निर्णय अदालतले नसुनाएको हिज बुधबार तिनीहरूले दावी गर्दै निर्माण कार्यमा रोक लगाउनु पर्ने मांगलाई लिएर दार्जिलिङ पुलिस थानामा अभियोग दर्ता गरेको थियो। स्मरण रहोस् गत जी 20-को कार्यक्रम अवधि दार्जिलिङको चौरास्ता परिसरबाट 106 जना हकर्सलाई हटाइएको थियो। तर ती 106 हकर्स सदस्यहरु गोर्खा रंगमञ्च भवन परिसरदेखि माल रोड परिसरमा नै आजबाट पुन: आ-आफ्नो पुरानो ठाउँमा फर्किएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL