दार्जिलिङ : दार्जिलिङ पद्माजानायडु हिमालयन ज्युलजिकल पार्कमा घोरल रुखसानाले एउटा स्वस्थ बच्चा जन्माएको छ। उक्त नवजात घोरलको बाबु सुरज (घोरल) रहेको चिड़ियाखाना सूत्रले जानकारी दिएको छ। हाल नवजात बच्चा अनि त्यसको आमा रुखसाना दुवै स्वस्थ रहेको बताइएको छ। दार्जिलिङ पद्माजानायडु हिमालयन ज्युलजिकल पार्कको प्रजनन संरक्षण केन्द्र डाउहिलमा रुखसानाले उक्त बच्चा जन्माएको डाइरेक्टर धरम देव राईले जानकारी दिएका छन्। तिनले बताएअनुसार दार्जिलिङको चिड़ियाखानामा अब घोरलहरूको मोठ संख्या 26 वटा पुगेको छ।
