दार्जिलिङ : दार्जिलिङको पद्माजा नायडु हिमालयन जुलजिकल पार्कको तोप्के डाँड़ा संरक्षण प्रजनन केन्द्रमा रेड पान्डा शोभाले आज दुईवटा बच्चा जन्माएको छ। हाल आमा शोभा तथा नवजात बच्चाहरू दुवै स्वास्थ्य रहेको जुलजिकल पार्क सूत्रले जानकारी दिएको छ। यी दुईवटा नयाँ रेड पान्डाको आगमन भएपछि दार्जिलिङ जुलजिकलमा मोठ रेड पान्डाको संख्या 25 पुगेको छ। स्मरण रहोस्, दार्जिलिङको चिड़ियाखाना अन्तर्गत तोप्के डाँड़ा संरक्षण प्रजनन केन्द्रमा देशभरिकै विभिन्न चिड़ियाखानाहरूको निम्ति रेड पान्डाको प्रजनन गर्ने गर्दछ। रेड पान्डाले दुईवटा नयाँ बच्चा जन्म दिएकोमा पद्माजा नायडु हिमालयन जुलजिकल पार्क दार्जिलिङका डाइरेक्टर धरमदेव राईले खुशी व्यक्त गरेका छन्।
