दार्जिलिङमा गोजमुमो-द्वारा शहीदहरूलाई श्रद्धाञ्जलि

दार्जिलिङ : गोजमुमो विनय समूहद्वारा पनि आज गोर्खाल्याण्ड आन्दोलन कालमा प्राण गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गरियो। विगत 2017 सालको अलग राज्य गोर्खाल्याण्ड मागको आन्दोलन अवधि आजकै दिनमा दार्जिलिङमा पुलिस प्रशासनद्वारा चलाइएको गोली लागेर गोर्खाल्याण्ड समर्थकहरूले प्राण गुमाएका थिए। यसैले तिनीहरूको स्मरण गर्दै प्रत्येक वर्ष झैँ यस पाली पनि आज गोजमुमो दार्जिलिङ महकुमा समितिले ती प्राण गुमाउने शहीदहरूको स्मरण गर्दै तिनीहरूको प्रतिकृति अघि धुप, दीप जलाएर श्रद्धाञ्जलि अर्पण गरे। तथापि, यस अवसरमा बढ्दो कोरोनाको महामारीलाई ध्यानमा राखेर सामाजिक दूरीलाई ध्यानमा राखिएको थियो। श्रद्धाञ्जलि कार्यक्रममा गोजमुमो दार्जिलिङ महकुमा समितिका आलोक कान्त मणि लगायत शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş