दार्जिलिङ: गोपाल योञ्जन प्रतिष्ठान दार्जिलिङद्वारा आयोजित एउटा कार्यक्रममा भारतीय नेपाली महान् सङ्गीतकार तथा गायक गोपाल योञ्जन प्रतिमा अनावरण गरियो। दार्जिलिङको भानु भवनमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा जीटीएका पूर्व अध्यक्ष अनित थापा उपस्थित थिए। दार्जिलिङका महान् विभूतिलाई आज तिनको प्रतिमा स्थापित गरिदिएर साँचो श्रद्धा दिए। कार्यक्रममा मित्र कुमार तामाङ, जस योञ्जन प्यासी, कृष्ण सिंह मोक्तान, कर्म योञ्जन, बिनोद स्याङदेन, चन्दन लोम्जन आदि जस्ता विशिष्ट व्यक्तिहरू साथै सङ्गीत क्षेत्रका अन्य कलाकारहरूको पनि यस अवसरमा उपस्थिति रहेको थियो।
