दार्जिलिङमा होटल कर्मचारीहरूको नयाँ संगठन गठन

दार्जिलिङ : दार्जिलिङ सहरको होटलका कर्मचारीहरूलाई लिएर आज एउटा गैर-राजनैतिक संगठन गोर्खा एकता वर्कर्स एसोसिएशन गठन गरिएको छ। दार्जिलिङ सहरको लगभग 15-20 वटा होटलका कर्मचारीहरूलाई लिएर सम्पन्न बैठकमा उक्त नयाँ कमिटी गठन गरिएको छ। बैठकपछि यसबारे पत्रकारहरूलाई जानकारी गराउँदै हाल दार्जिलिङ सहरमा रहेको लगभग 20 होटलका कर्मचारीहरूलाई लिएर एउटा गैर-राजनैतिक संगठन गठन गरियो। जसमा हाल केही दिनसम्मको निम्ति एउटा 10 जनाको कार्यकारी कमिटी तयार गरिएको छ भने पछि अन्य आज उपस्थित नहुने होटलका कर्मचारीहरूलाई पनि साथमा लिएर अन्य पदहरूमा नियुक्ति गरिने भएको छ। उक्त गठन गरिएको होटल कर्मचारीहरूको संगठन विशुद्ध गैर-राजनैतिक रहेको दावी गरिएको छ। पूर्वको समयहरूमा विभिन्न राजनैतिक दलसँग आबद्ध रहेको होटल कर्मचारीहरूको संगठन रहे तापनि पार्टीको पतनसँगै संगठन पनि विघटन भएको कुरालाई विशेष गरेर ध्यानमा राखेर नै गैर-राजनैतिक रूपमा संगठन गठन गरिएको हो भनी तिनीहरूले बताए। यसको साथै उक्त संगठनले मालिक तथा कर्मचारीहरू दुवै पक्षको हितमा काम गर्ने बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş