दार्जिलिङमा नेहरू युवा केन्द्रद्वारा राष्ट्रिय दिवस पालन

दार्जिलिङ (निसं): मिलन संघ लासा भिल्ला दार्जिलिङमा नेहरू युवा केन्द्र दार्जिलिङ र मिलन संघको संयुक्त तत्वावधानमा स्वामी विवेकानन्दको 161औँ जन्म जयन्तीको अवसरमा आज राष्ट्रिय युवा सप्ताह अन्तर्गत राष्ट्रीय दिवस पालन गरियो। भोलन्टरी युथ आर्गनाइजेशन दार्जिलिङका उपाध्यक्ष श्रद्धा तामाङको स्वागत सम्भाषणबाट शुरू गरिएको यस कार्यक्रममा भोलन्टरी युथ आर्गनाइजेशनका मूल सचिव शिव कुमार राईको मुख्य उपस्थिति थियो भने कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रताप सार्की थिए। कार्यक्रममा लगभग 50 जना युवाहरूलाई लिएर स्वामी विवेकानन्दको विषयमा निबन्ध प्रतियोगिता राखिएको थियो।


अध्यक्ष प्रताप सार्कीको बाहुलीबाट द्वीप प्रज्वलन एवं शिवकुमार राईद्वारा माल्यार्पण गरेपछि सम्पन्न गरिएको प्रतियोगितामा निर्णायक शुशाङ्क राईको निर्णय अनुसार प्रथम तेनजिङ्ग तामाङ, दोस्रो दिपेश तामाङ र तेस्रो दिगेन तामाङ भए। अन्तमा प्रथम, दोस्रो र तेस्रो हुने विजय प्रतियोगीहरूलाई मुख्य अतिथि प्रताप सार्कीको बाहुलीबाट पारितोषिक प्रदान गरियो भने सम्पूर्ण सहभागी प्रतियोगीहरूलाई शिव कुमार राई र श्रद्धा तामाङको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO