कोलकाता : तृणमूल कङ्ग्रेस राज्य कमिटीको एउटा बैठक आज कोलकातामा सम्पन्न भयो। उक्त सभालाई सम्बोधन गर्दै तृणमूल नेत्री ममता ब्यानर्जीले पहाडमा शान्ति छ, यसमा म खुशी छु भन्दै तृणमूल कङ्ग्रेसले दार्जिलिङ पहाडमा सबै पार्टीसित मिलेर कार्य गर्ने जनाइन्। तृणमूल नेता शान्ता छेत्री र विनय तामाङलाई लाखेस् गर्दै तिनले दार्जिलिङमा तृणमूल कङ्ग्रेसले एक्लै चुनाउ लड्ने अथवा नलड्ने विषयमा पार्टीले निर्णय लिइनेछ भनी बताइन्। यसको साथै तिनले जीटीए चुनाउ अघि दार्जिलिङका सबै पार्टीसित एउटा बैठक पनि गर्ने बताइन्। उक्त बैठकमा तृणमूल कङ्ग्रेसका शीर्ष नेतृत्वहरू लगायत प्रशान्त किशोर, दार्जिलिङको तृणमूल कङ्ग्रेसका नेताहरू उपस्थित थिए।
