सिलगढी : दार्जिलिङ मोड़मा जामको समस्या कम्ती गर्ने उद्देश्य लिएर बेली ब्रिजको निर्माण गर्ने योजना बनाइरहेको छ। धेरै अघिदेखि दार्जिलिङ मोड़मा फ्लाईओभर बनाउने माग भइरहे तापनि हालसम्म केन्द्र तथा राज्य सरकारको तर्फबाट यसबारे कुनै पहल गरेको छैन। राज्यका पर्यटन मन्त्री गौतम देवले बताएअनुसार दार्जिलिङ मोड़मा जामको समस्या कम्ती गर्नको लागि त्यहाँ बेली ब्रिज निर्माण गर्ने योजना रहेको छ भने तिनले यसबारे लोक निर्माण मन्त्रीसित कुराकानी गरिरहेका छन्। दार्जिलिङ मोड़मा सर्वे गरेर लोक निर्माण विभागको सहमतिपछि मात्र अस्थायी रूपमा बेली ब्रिजको निर्माण गर्न सकिने तिनले बताए। यस सम्बन्धमा मुख्यमन्त्रीलाई पत्राचार गर्नको साथै जिल्लाशासकसित पनि कुराकानी गरिसकेको तिनले बताए।
