दार्जिलिङ नगर अध्यक्ष रितेश पोर्तेलद्वारा अमृत परियोजनाको वार्डहरूमा निरीक्षण

दार्जिलिङ: दार्जिलिङ नगरपालिका अध्यक्ष रितेश पोर्तेलले विभिन्न नगरपालिकाका वार्डहरूको भ्रमण गरेर हाल चलिरहेको अमृत परियोजनाको निरीक्षण गरे। यस अवसरमा तिनले भने, विभिन्न वार्डहरूबाट अमृत परियोजना बिषयमा धेरै फोटो र मेसेजहरू प्राप्त भयो र त्यसलाई हेरेर म उक्त क्षेत्रहरू निरीक्षण गर्न गएको थिएँ।


भ्रमणको क्रममा मैले फोहोर व्यवस्थापनका धेरै समस्याहरू पनि देखेँ अनि मैले स्काभेन्जिङ विभागसँग भेटवार्ता गरेँ। आगामी 22 मार्चको दिन अमृत परियोजनाको गुनासो र समस्या सम्बन्धमा दार्जिलिङ जिल्लापालसँग भेटवार्ता गरेर शहरमा सबै पाइप रिले गर्ने कार्यलाई राम्ररी कार्यान्वयन गर्ने र सबैलाई समान पानी वितरणको सुनिश्चितता गर्ने पनि तिनले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *