दार्जिलिङ नगरपालिका चुनाउ : गोजमुमो-सित गठबन्धन गरेर तृणमूलको 10 जना प्रार्थी चुनाउ मैदानमा

दार्जिलिङ आगामी 27 फरवरीको दिन सम्पन्न हुने दार्जिलिङ नगरपालिका चुनाउमा यसपल्ट गोर्खा जनमुक्ति मोर्चासित गठबन्धन गरेर हिल तृणमूल कङ्ग्रेसले 32 वटा वार्डमध्ये 10 वटा वार्डमा आफ्नो प्रार्थी खडा गरेको छ। तृणमूल कङ्ग्रेसका यी प्रार्थीहरूमध्ये वार्ड नम्बर 2 बाट सोनाम वाङचुक, वार्ड नम्बर 5 बाट सञ्जय गुरूङ, वार्ड नम्बर 8 बाट सान्डुप शेर्पा (आनन्द), वार्ड नम्बर 13 बाट मिलन डुक्पा, वार्ड नम्बर 14 बाट लाक्पा नर्बु शेर्पा, वार्ड नम्बर 18 बाट गणेश सार्की, वार्ड नम्बर 20 बाट श्रीमती हुमा भुटिया, 25 नम्बर वार्ड बाट श्रीमती लक्की डोमा यल्मो, वार्ड नम्बर 31 बाट वुङ वुङ भुटिया र वार्ड नम्बर 32 बाट जितेन कुमार सुन्दास सामेल छन्। यसबाहेक रहल 22 वटा वार्डमा गोजमुमो पार्टीको तर्फबाट उम्मेद्वारहरू चुनाउ मैदानमा खडा भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *