दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउमा विजय बनेका सबै 32 जना वार्ड पार्षद पार्षदिकाहरूले आज दार्जिलिङ नगरपालिकाको कन्फरेन्स हलमा शपथ ग्रहण गरे। दार्जिलिङ सदरको महकुमा शासक दुलेन रोयको उपस्थितिमा सबै निर्वाचित पार्षद पार्षदिकाहरूले शपथ ग्रहण गरे। गत 27 फरवरीमा भएको दार्जिलिङ नगरपालिका चुनाउको परिणाम गत 2 मार्चको दिन भएको थियो जसमा अजय एडवर्डको नेतृत्वमा रहेको हाम्रो पार्टीले 18 वटा सिट जितेर बहुमत प्राप्त गरेको छ। त्यसैले दार्जिलिङ नगरपालिकाको चेयरम्यानको रूपमा हाम्रो पार्टीबाट रितेस पोर्तेलले आज शपथ ग्रहण गरेका छन् भने भाइस चेयरम्यानको रूपमा हाम्रो पार्टीकै याङ्जी शेर्पाले शपथ ग्रहण गरिन्। यसबाहेक विभिन्न पार्टीबाट जितेका सबै निर्वाचित 32 जनाले शपथ ग्रहण गरे।
