दार्जिलिङ नगरपालिकाको 16 नम्बर वार्डका नगरपार्षद पेमला दोर्जे भोटियाको पहलमा सफाई अभियान

दार्जिलिङ: दार्जिलिङ नगरपालिकालाई सफा तथा स्वच्छ बनाउने उद्देश्य लिएर सफाई कर्मीहरूसितै नगर पार्षदहरू पनि लागिपरेका छन्। यसै क्रममा आज दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 16 का नगरपार्षद पेमला दोर्जे भोटियाले वार्ड नम्बर 16 को विभिन्न क्षेत्रहरूमा सफाई अभियान चलाएका छन्। यस अवधि नगरपार्षद पेमला दोर्जे भोटियासितै नगरपालिकाका सफाई कर्मीहरू पनि उपस्थित थिए। दार्जिलिङ नगरपालिका चुनाउ अघि हाम्रो पार्टी-ले सहरलाई सफा तथा सफाई बनाई राख्ने वचन दिएको थियो।


दार्जिलिङ नगरपालिका चुनाउमा नगरवासीहरूले हाम्रो पार्टीलाई मतदान गरेर बोर्ड गठन गरेको छ। हाम्रो पार्टीले आफ्नो वचनलाई पुरा गर्दै चेयरम्यान, भाइस चेयरम्यान साथै नगरपार्षदहरू सबै सहरलाई सफा तथा स्वच्छ बनाउने कार्यमा लागि परेका छन्। हाम्रो पार्टीको बोर्डको कार्यलाई नगरवासीहरूले सराहना गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *