दार्जिलिङ (निसं): भारतीय गोर्ख प्रजातान्त्रिक मोर्चाका दिपेन ठकुरी दार्जिलिङ नगरपालिकाको नयाँ चेयरम्यान चयन भएका छन्। यसैगरी, काउन्सिलर प्रतिभा राई भाइस चेयरम्यानका रूपमा छनौट भएका छन्। आज दार्जिलिङ नगरपालिकाको चेयरम्यान पदको लागि मतदान सम्पन्न भयो। तथापि उक्त मतदानमा हाम्रो पार्टी र गोर्खा जनमुक्ति मोर्चाका मोठ 15 जना काउन्सिलरहरूले अंश ग्रहण गरेनन्। दार्जिलिङ नगरपालिकाको चेयरम्यान पदको लागि गरिएको आजको शान्तिपूर्वक चुनाउमा भारतीय गोर्ख प्रजातान्त्रिक मोर्चाका दिपेन ठकुरीले विजय हासिल गरेका छन्। चुनाउ जितेपछि तिनले सबैजना मिलेर दार्जिलिङ नगरपालिका मार्फत दार्जिलिङको थप विकास, उन्नति र प्रगति गरेर लैजाने प्रतिबद्धता जाहेर गरेका छन्।