दार्जिलिङ : जून 2022 मा दार्जिलिङ नगरपालिकाले मोठ 57 लाख 44 हजार 2 सय 43 रूपियाँ संग्रह गरेको छ। दार्जिलिङ नगरपालिकाले प्रत्येक महिनाको हिसाब-किताब जनता समक्ष सार्वजनिक गर्दै आइरहेको छ। यसैक्रममा आज दार्जिलिङ नगरपालिकाले जून 2022 –को आय-व्याय सार्वजनिक गरेको छ। दार्जिलिङ नगरपालिकाको वित्त विभागीय नगरपार्षद विष्णु मल्लले आज जून महिनाको आय-व्यायको हर-हिसाब सार्वजनिक गरे। नगरपार्षद मल्लले बताए अनुसार गत मई महिनामा दार्जिलिङ नगरपालिकाको एकाउण्टमा 87 लाख, 77 हजार, 8 सय 37 रूपियाँ रहेको थियो भने जून महिनामा नगरपालिकाले पानीको टयाक्स, जमीनको टयाक्स आदिबाट 57 लाख, 44 हजार 2 सय 43 रूपियाँ संग्रह भएको छ। नगरपालिकाको खातामा 1 करोड, 45 लाख, 22 हजार,1 सय 80 रूपियाँ रहेको थियो, जसमा पेन्सनमा 47 लाख रूपियाँ खर्च भएको छ, त्यसरी नै गाडीको तेलमा 7 लाख, 63 हजार, 3 सय 78 रूपियाँ खर्च भएको छ। त्यसै गरी, अन्य विषयमा 4 लाख, 92 हजार, 4 सय 71 रूपियाँ खर्च भएको छ, जसमा 1 करोड, 20 लाख, 59 हजार, 4 सय 70 रूपियाँ खर्च भएको छ अनि जून महिनामा दार्जिलिङ नगरपालिकाको खातामा 24 लाख,62 हजार,6 सय 10 रूपियाँ रहेको वित्त विभागीय नगरपार्षद मल्लले बताएका छन्। दार्जीलिङ नगरपालिकाको वित्त विभागीय नगरपार्षद विष्णु मल्लले कतिपय नगरवासीहरूले अझसम्म कर जम्मा नगरेको जानकारी दिँदै तिनीहरूलाई चाँडै कर जम्मा गरिदिने अनुरोध गरेका छन्। स्मरण रहोस, गत दार्जिलिङ नगरपालिकाको चुनाउ अवधि हाम्रो पार्टी-ले नगरपालिकाको एक-एक रूपियाँको हर-हिसाब नगरवासीहरू समक्ष खुल्ला रूपमा राख्ने वाचा गरे अनुसार हाल दार्जिलिङ नगरपालिकाले प्रत्येक महिनाको सम्पूर्ण आय-व्याय सार्वजनिक गर्दै आइरहेको छ।