बिजनबारी: शिक्षाको क्षेत्रमा गाउँ बस्ती क्षेत्र पनि अब पछि छैन भन्ने सन्देश दिँदै दार्जिलिङ पुलबजार खण्ड अधिनस्थ गोक दुई ग्राम अप्पर कोलबुङ निवासी मनमत लामाले आफ्नो गाउँसहित स्थानीय भेगको नामलाई उच्च पारेर श्री सत्य साई इन्स्टिट्युट अफ् हायर लर्निङ अनन्तपुर आन्ध्रप्रदेसबाट बायोसाइन्सको “जीनोमिक इन्साईट इन्टु दी एभोल्युसिनरी डाइनामिक्स अफ् क्लिनिक्ली रेलीभेन्ट एमर्जीङ नोभल ब्याक्टीरियल पथोजेन्स” शीर्षकमा डाक्टरेटको उपाधि हासिल गरेका छन्।

श्री सत्य साई इन्स्टिट्युट अफ् हायर लर्निङ अनन्तपुर आन्ध्रप्रदेशबाट मनमत लामासहित दार्जिलिङको सुकियापोखरी निवासी यसराज गुप्तले गणित तथा कम्प्युटर विभागबाट, हिमाली गाउँ निवासी साहिल बसलले अर्थशास्त्र विभागबाट, मङ्पु निवासी बेबेतो राई, डाली निवासी आयुश राई र सोनादा निवासी रन्जना राईले विज्ञान विभागबाट तथा दिपम राईले कम्प्युटर विभागबाट विधावारधी हासिल गरेका छन्। एउटा कार्यक्रमबीच तिनीहरूलाई डाक्टरेटको उपाधि प्रदान गरियो।
