दार्जिलिङ: दार्जिलिङ सिक्किम विलय सम्बन्धी खरसाङमा हालै डा. महेन्र्: पी लामाले आफ्नो तर्फबाट असहमति जनाए पछि आज गोर्खा राष्ट्रीय कङ्ग्रेसका अध्यक्ष भरत दोङले तिनको उक्त बयानको तीव्र निन्दा गर्दै यसको प्रतिवाद जनाएका छन्। सिक्किम दार्जिलिङ विलयको मुद्दाले गोर्खाल्याण्डको माग दबिएर जानेबारे डा. लामाले दिएको बयानको सन्दर्भमा भरत दोङले गोर्खाल्याण्डको माग के अहिले हराएर गएको छैनन् भन्दै उल्टा प्रश्न तेर्साएका छन् । तिनले भने, हाल दार्जिलिङ पहाड़मा कुन चाहीं राजनैतिक दलले गोर्खाल्याण्डको माग उठाएर आन्दोलन गरिरहेको छ र डा. लामाले सिक्किम दार्जिलिङ विलयको मुद्दाले गोर्खाल्याण्डको माग दबिएर जाने भनिरहेछन्। वास्तवमा दार्जिलिङ पहाड़को भविष्य बिगार्ने पढ़े-लेखेका व्याक्तिहरु नै हुन भन्दै अब गोर्खाल्याण्ड राज्य गठन नहुने कुरा साधारण जनताले पनि बुझिसकेका छन् भने डा. लामा जस्तो विद्वानले यति कुरा बुझ्न नसक्नु दुखको बिषय रहेको बताउँदै गोर्खाल्याण्ड गठन नहुने भरत दोङले किटान गरे। भारतको केन्द्र सरकारले देश सुरक्षाको निम्ति सिक्किमसित दार्जिलिङलाई विलय गराउने नै सोंच बनाएको दावी गरे।