दार्जिलिङ पहाडमा पञ्चायत चुनाउको अन्तिम तयारी, कर्मचारीहरू मतदान केन्द्रतिर प्रस्थान गर्न शुरू

बिजनबारी (निसं): लामो समयको प्रतीक्षापछि अन्तत: दार्जिलिङ पहाडमा हुन लागेको पञ्चायत चुनाउको लागि अन्तिम तयारी लगभग पुरा भइसकेको छ। यसै क्रममा राज्यकै सबैभन्दा ठुलो खण्ड दार्जिलिङ पुलबजार खण्ड पनि चुनाउ प्रक्रियाको लागि अन्तिम तयारीमा जुटेको छ भने बिजनबारी महाविद्यालयलाई खण्डको कन्ट्रोल रुमको रूपमा बनाइएको छ।


मतदान केन्द्रको निम्ति खट्ने कर्मचारीहरुले हिजै कन्ट्रोल रुममा रिपोर्टिङ गरिसकेका छन् भने आज तिनीहरू आ-आफ्नो मतदान केन्द्रको निम्ति प्रस्थान गर्ने अन्तिम तयारीमा लागिसकेका छन्। अर्कोतिर राज्यकै सबैभन्दा सुदुरवर्ती मतदान केन्द्रहरु गोर्खे समान्देन 23/01 तथा सिरिखोला डाँडागाँउ 23/02-को निम्ति मतदान अधिकारीहरु आ-आफ्नो केन्द्रको निम्ति हिजो बेलुकी अबेरसम्म पुगिसकेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel giriş