दार्जिलिङ : दार्जिलिङ प्रेस गिल्डको वार्षिक सभा आज दार्जिलिङको एउटा होटलमा रबिन राईको अध्यक्षता सम्पन्न भयो। कार्यक्रमको शुरूमा प्रेस गिल्डका वरिष्ठ सदस्य सञ्जय विश्वास अनि रबिन राईको बाहुलीबाट स्व. रबिन गिरी अनि डीपी शर्माको तस्विरमा दीप प्रज्ज्वलन गरेर खदा अर्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। यसपछि प्रेस गिल्डको नयाँ समिति गठन गरियो। चुनावी प्रक्रिया अनुसार उक्त समितिमा सभापति रबिन राई, सचिव केशर मोक्तान अनि कोषाध्यक्ष बिशाल राईलाई चयन गरियो।
