दार्जिलिङ सहरबाट पुरानो तारहरू हटाउने कार्य जारी

दार्जिलिङ (निसं): दार्जिलिङ सहरको सुन्दरतालाई विकृत पार्ने सहरको पुरानो तथा काम नलाग्ने तारहरू हटाउने कार्य दार्जिलिङ नगरपालिकाले जारी राखेको छ। यसैक्रममा आज पनि सहरको विभिन्न क्षेत्रहरूमा जता-तत्तै रहेको पुरानो तारहरू हटाउने काम गऱ्यो।


यस अवधि विभागीय नगरपार्षदहरू लगायत नगरपालिकाको कर्मचारीहरू साथै क्याबल ओपरेटर कर्मचारीहरू पनि उपस्थित थिए। दार्जिलिङ नगरपालिका हाल चर्चित पर्यटक स्थल मानिने दार्जिलिङ सहरलाई स्वच्छ र सुन्दर बनाउने दिशामा लागी परेको छ। दार्जिलिङ नगरपालिका र क्याबल ओपरेटरहरूको यस्तो कार्यको नगरवासीहरूले मुग्धकण्ठले प्रशंसा गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *